फाहियानको यात्रामा लुम्बिनीको विशेष स्थान छ। लुम्बिनी, जहाँ बुद्धको जन्म भएको थियो, फाहियानका लागि अत्यन्त महत्त्वपूर्ण स्थान थियो। उनका पुस्तक “फो-कोउ-किउ” मा लुम्बिनीको वर्णन गरिएको छ।
उनले लेखेका डायरीबाट स्पष्ट हुन्छ कि लुम्बिनी बुद्ध धम्मको महत्त्वपूर्ण केन्द्र मात्र थिएन, बरु तत्कालीन समाजको बौद्ध संस्कृति र परम्पराको पनि केन्द्रविन्दु थियो।
फाहियानको पुस्तक र यसले दिएको ज्ञान
फाहियानले आफ्नो यात्राका अनुभव र तत्कालीन जम्बुद्वीपको बौद्ध धम्मको अवस्थाबारे “फो-कोउ-किउ” शीर्षकको पुस्तक लेखे। यो पुस्तकले फाहियानको यात्रामा देखेका भौगोलिक, सांस्कृतिक, र बौद्ध संस्कृतिको पक्षहरूलाई उजागर गर्छ।
मूल रूपमा यो विवरण चिनियाँ भाषामा थियो। पछि अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात प्रोफेसर जेम्स लेगीले यसलाई अंग्रेजीमा अनुवाद गरे। हिन्दी भाषामा यो अनुवाद जगनमोहन वर्माले गरेका छन्।
फाहियानका लेखनबाट के बुझ्न सकि
१. तत्कालीन नेपाल र भारतको सामाजिक र आर्थिक अवस्था।
२. बुद्ध धम्मको प्रभाव र यसको प्रचार-प्रसार।
३. लुम्बिनी र अन्य बौद्ध साँस्कृतिक केन्द्रहरूको जानकार
तत्कालीन समाज र बौद्ध धम्मको अवस्था
फाहियानका यात्रा वृत्तान्तले चौथो र पाँचौं शताब्दीका बौद्ध राज्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थाको सजीव चित्रण गर्छन्। उनका लेखनमा लुम्बिनी र अन्य स्थानहरूको उल्लेखले समाजको संरचना, धम्मप्रतिको विश्वास र जनजीवनको अवस्था स्पष्ट देख्न सकिन्छ।
उनले यात्रा गर्ने क्रममा धेरै कठिनाइहरूको सामना गरे। पहाडी मार्गहरू, घना जङ्गल, र सीमित स्रोतका बीच पनि उनले आफ्नो उद्देश्यलाई प्राथमिकता दिए। उनी केवल एक भिक्षु मात्र नभई समाजशास्त्री र ऐतिहासिक दस्तावेजकर्ताको रुपमा पनि प्रख्यात भए।
